News Portal

  • कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न राष्ट्र बैंकले रोक्यो, एनपीएल ४०.८५ प्रतिशत

    आर्थीकसंसार संवाददाता११ मंसिर, २०८१
    ३१ पटक
    ११ मंसिर, २०८१

    काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा गरिएको छ । बैंकको पुँजीकोष अनुपात नपुगेपछि नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गर्दै समस्याग्रस्त घोषणा गरेको हो ।

    राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार नेपालगञ्ज, बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाइएको हो ।

    राष्ट्र बैंकले साउन ६ गतेदेखि साउन ११ गतेसम्म बैंकको निरीक्षण गर्दा कर्णाली डेभलपमेन्ट बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरीवेक्षकीय समायोजन तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा (एनपीएल) अनुपात ४०.८५ प्रतिशत कायम रहेको छ ।

    जसकारण बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले बैंकले शीघ्र सुधारात्मक कारवाही अघि बढाएको राष्ट्र बैंकले जनाएको छ ।

    ‘शीघ्र सुधारात्मक कारवाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने शर्तमा आजैका मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।

    प्रतिकृया दिनुहोस्