News Portal

  • जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा ५६.४९ गुणा बढीको आवेदन

    आर्थीकसंसार संवाददाता२४ माघ, २०७८
    ८७० पटक
    २४ माघ, २०७८

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा लगानीकर्ताको ओइरो आवेदन परेको छ । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आज साँझ ५ः१५ बजेसम्ममा २२ लाख ३९ हजार २८१ जना आवेदकलेबाट २ करोड ७५ लाख ६२ हजार ४६० कित्ताका लागि आवेदन गरेको छ । यो माग गरिएको भन्दा ५६.४९ गुणा बढी हो ।
    कम्पनीले माघ २१ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये चुक्ता पुँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्टयाइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् ।
    आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
    सार्वजनिक निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरिरहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै, मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

    प्रतिकृया दिनुहोस्