News Portal

  • हिमचुली सहकारीका ग्राहक स्व. रामअवधको परिवारले मृत्यु दाबी रकम पाए

    आर्थीकसंसार संवाददाता२४ माघ, २०७८
    १०७९ पटक
    २४ माघ, २०७८

    काठमाडौं । हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–७, रुपन्देहीको शेयर सदस्यलाई दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरिएको छ । सहकारीका शेयर सदस्य स्व. रामअवध कोहारको परिवारलाई बीमा वापत १० लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।
    उक्त रकम शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड लुुम्बिनी प्रदेशका प्रमुख किरण काफ्ले हिमचुली सहकारीका अध्यक्ष बसन्तकुमार लाल कर्णलाई हस्तान्तरण गरेका हुन् ।
    हिमचुली सहकारीले आफ्ना सम्पूर्ण शेयर सदस्यको दुर्घटना तथा मेडिकल बीमा गरेको र सोही बीमावापतको रकम हस्तान्तरण गरिएको सहकारीका सचिव दीपक घिमिरेले जानकारी दिए । उनका अनुसार सहकारीले सम्पूर्ण शेयर सदस्यहरुको शिखर इन्स्योरेन्ससंग दुर्घटना मेडिकल बीमा गरेको छ ।
    भर्याङबाट लडेर घाइते भइ उपचारका क्रममा निधन भएका सहकारीका व्यवस्थापक धर्मेन्द्र कोहारका बुवा रामअवधको परिवारलाई उक्त बीमावापत रकमको चेक हस्तान्तरण गरिएको घिमिरेले जानकारी दिए ।
    प्रदान गरिएको रकमले केही भए पनि परिवारलाई सहयोग पुग्ने उनको भनाइ छ । सहकारीले बचत संकलन र ऋण लगानी मात्र नभइ शेयर सदस्यको हितका लागि बीमा, राहत लगायतका सुविधा समेत प्रदान गर्दै आएको उनले बताए ।
    शिखर इन्स्योरेन्स लुम्बिनी प्रदेश प्रमुख किरण काफ्लेले हिमचुली सहकारीका शेयर सदस्यको दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरिएको बताए ।

    प्रतिकृया दिनुहोस्