News Portal

  • मञ्जुश्री फाइनान्सको थप दुई शाखा संचालनमा

    आर्थीकसंसार संवाददाता२४ माघ, २०७८
    १५६१ पटक
    २४ माघ, २०७८

    काठमाडौं । मञ्जुश्री फाइनान्सले काठमाडौंको काठमाडौं महानगरपालिका–७, चाबहिल तथा टोखा नगरपालिका–४, गोंगबुमा शाखा सञ्चालनमा ल्याएको छ ।
    फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटी, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सावजार, ईनरुवा, झुम्का बजार र विराटचोकमा २१ वटा शाखा रहेका थिए भने अव थप २ शाखासहित शाखा संख्या २३ पुगेको छ ।
    २०७८ साल पौष मसान्तसम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ११.६३ अर्ब निक्षेप संकलन गरी ११.०२ अर्ब कर्जा लगानी गरेको छ ।

    प्रतिकृया दिनुहोस्