News Portal

  • कुमारी बैंकको का.मु सिइओमा रामचन्द्र खनाल

    आर्थीकसंसार संवाददाता२४ माघ, २०७८
    ८९६ पटक
    २४ माघ, २०७८

    काठमाडौं । कुमारी बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिना बैंकबाट बाहिरिएका छन् । दुवै जनाले पदबाट राजीनामा दिएर बाहिरिएका हुन् ।
    उनीहरुले स्वेच्छिक अवकास लिएर बैंकबाट बाहिरिएका हुन् । बैंकले केही दिनअघि मात्रैं स्वेच्छिक अवकसा स्कीम (भीआरएस) ल्याएको थियो । सोहीअन्तर्गत उनीहरु बाहिरिएका हुन् । दुवै जनाले १२ महिनाको तलब लिएर बाहिरिएको पनि बुझिएको छ ।
    अहिलेसम्म उनीहरुले स्किम मन परेर स्वेच्छिक अवकास लिएको भने पनि कारण भने अन्य नै रहेको बैंक स्रोतको भनाई छ । गायक योगेश्वर अमात्यको जग्गा नक्कली धितो राखेर कुमारी बैंकले ऋण दिएपछि कामु सीइओ तिमल्सिना र डेपुटी सीइओ अनुसन्धानमा पनि तानिएका थिए । यद्यपि उनीहरु पछि निर्दोष ठहरिएका थिए ।
    कामु सीईओ र डेपुटी सीईओ दुबै जना बैंकबाट बाहिरिएपछि बैंक सञ्चालक समितिले कामु सीईओको जिम्मेवारी तेस्रो वरियतामा रहेका रामचन्द्र खनाललाई दिएको छ । यसअघि बैंकको चिफ अपरेटिङ अफिसर रहेका खनाललाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरी कामु सीईओको जिम्मेवारी दिइएको हो ।

    प्रतिकृया दिनुहोस्