News Portal

  • सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा ललितपुरको सुबानेमा

    आर्थीकसंसार संवाददाता२४ माघ, २०७८
    ७८५ पटक
    २४ माघ, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ललितपुर जिल्लाको बाग्मती गाउँपालिकाको सुबानेमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।
    बैंकले उक्त सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
    शाखारहित बैंकिङ्गको साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिक रुपमा सबल बनाउन बैंकले विभिन्न आयआर्जनका कार्यक्रममा सहुलियतपूर्ण कर्जासमेत वितरण गरेको छ ।
    यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने बैंकले जनाएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ९१ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्