News Portal

  • नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो निक्षेपको ६ गुणा हुने मुद्दती खाता

    आर्थीकसंसार संवाददाता२३ माघ, २०७८
    ५८९ पटक
    २३ माघ, २०७८

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापनाको ३६औं वार्षिकोत्सवको अवसरमा एनआइबिएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
    बैंककाे अनुसार यस मुद्दती खातामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, न्यूनतम १० हजारमा मुद्दती खाता खोल्न सकिने, नि:शुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने र सावाँ तथा ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने छ । यस्तै जुनसुकै उमेर समूहका व्यक्तिले याे खाता खोल्न सक्ने बैंकले जनाएकाे छ ।
    बैंकले भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक औषधोपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी हुने जनाएकाे छ ।
    नेपाल इन्भेष्टमेन्ट बैंकले सातै प्रदेशमा छरिएका ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्