काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा मागभन्दा बढी ४४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ (सिडिएससी)को अनुसार माघ २१ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा दुई कार्यदिनमै ४४.५८ गुणा आवेदन परेको हो ।
माघ २३ गते साँझ ५ बजेर २ मिनेटसम्मको अपडेट अनुसार २ करोड १७ लाख ४९ हजार ४९० कित्ता सेयरको लागि आवेदन परेको हो । यो अवधिसम्म १७ लाख ५४ हजार ५१७ जना आवेदकले २ अर्ब १७ करोड ४९ लाख ४९ हजार रुपैयाँ बराबरको आवेदन दिइसकेका सिडिएससीले जनाएको छ ।
जुन सर्वसाधारणमा माग गरेको तुलनामा करिब ४४.५८ गुणाले बढी हो । लघुवित्तले सर्वसाधारणमा ४ लाख ८७ हजार ९०० कित्ता सेयर माग गरेको हो । लघुवित्तले सर्वसाधारणलाई सहित कूल ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरिरहेको छ । जसमध्ये ०।५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिएको छ ।
यससँगै इच्छुकले माघ २१ गतेदेखि छिटोमा माघ २५ गतेभित्र आवेदन दिइसक्नु पर्ने हुन्छ । इच्छुकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेबसाइट तथा एप मार्फत न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ । तर संस्थाले बिक्रीमा राखेको आईपीओको कित्ता एकदमै न्यून भएकाले लगानीकर्ताले १० कित्ताको लागि मात्र लगानी गर्दा उपयुक्त हुने देखिन्छ ।
त्यस्तै, आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । संस्थाले आईपीओ निष्काशनका लागि इक्रा रेटिङ्ग नेपालबाट इक्रा एनपी आईआर डबल बि रेटिङ्ग पाएको छ, जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल १० करोड ७८ लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी आईपीओ बाँडफाँडपश्चात १६ करोड रुपैयाँ नाघ्ने छ ।
जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा १७ लाख ७१ हजारको आवेदन
आर्थीकसंसार संवाददाता२३ माघ, २०७८
२३ माघ, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक