News Portal

  • सिटिजन्स बैंकले संचालनमा ल्यायो कल सेन्टर

    आर्थीकसंसार संवाददाता२३ माघ, २०७८
    ७२९ पटक
    २३ माघ, २०७८

    काठमाडौं । सिटिजन्स बैंकले कल सेन्टर सेवा संचालनमा ल्याएको छ । अब यस बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन् ।
    ग्राहकहरूल फोन गरी तथा ईमेल गरी कल सेन्टरको सुबिधा प्राप्त गर्न सक्नेछन् । हालका लागी यो सेवा ८ घण्टाको लागी आरम्भ गरिएको छ । अब क्रमश सेवाको समयावधि पनि थप्दै लगिने योजना रहेको बैंकले जनाएको छ । बैंकले हाल १७४ शाखा, १२३ एटिएम र ९० वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्