News Portal

  • एनआईसी एशियाको ‘सर्वश्रेष्ठ बचत खाता’ मा ग्राहकलाई बीमा

    आर्थीकसंसार संवाददाता२३ माघ, २०७८
    ८०८ पटक
    २३ माघ, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ मा १ वर्ष अवधिसम्म उपलब्ध गराउँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्ने भएको छ ।
    बैंकले बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गर्ने व्यवस्था गरेको हो ।
    बैंकले २०७८ कार्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी फाईदाहरू, तीन कर्जा सम्बन्धी फाईदाहरू र १८ अन्य फाईदाहरू गरी कुल २४ फाईदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना ल्याएको थियो ।
    साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।
    बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको छ ।

    प्रतिकृया दिनुहोस्