News Portal

  • नेपाल बैंकको नयाँ शाखा रुकुमको चौरजहारीमा स्थापना

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०७७
    १२२८ पटक
    १५ भदौ, २०७७

    काठमाडौं । नेपाल बैंकको शाखा पश्चिम रुकुमको मुख्य शहर चौरजहारीमा स्थापना भएको छ । वित्तीय पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने सरकारको नीतिलाई सघाउने उद्देश्यले बैंकले नयाँ शाखा स्थापना गरेको बैंकले जनाएको छ ।
    यसैक्रममा रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बैंकले आफ्नो १८७औं शाखा स्थापना गरेको हो । शाखा विस्तारसँगै चौरजहारीमा बैंकले औपचारिक कारोबार समेत सुरू गरेको छ । उक्त शाखाबाट सहुलियतपूर्ण तथा अन्य व्यावसायिक कर्जा, निक्षेप तथा रेमिट्यान्सलगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध हुने बैंकका शाखा प्रमुख रूपक ढकालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्