News Portal

  • स्वास्थ्यकर्मीलाई मेगा क्यापिटलको पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा छुट

    आर्थीकसंसार संवाददाता२१ माघ, २०७८
    ६७२ पटक
    २१ माघ, २०७८

    काठमाडौं । मेगा क्यापिटल मार्केट्सले कोरोना संक्रमणको समयमा खटिएका स्वास्थ्यकर्मीहरुको पोर्टफोलियो म्यानेजमेन्टको लागि विशेष सेवा ल्याएको छ । क्यापिटलले स्वास्थ्यकर्मीलाई विशेष धन्यवाद दिँदै फ्रन्टलाइनर पोर्टफोलियो म्यानेजमन्ट सर्भिस ल्याएको हो ।
    यस अन्तर्गत स्वास्थ्यकर्मीहरुले मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको वार्षिक शुल्कमा ५० प्रतिशत र एक्जिटमा ५० प्रतिशत छुट पाउनेछन् । यस पोर्टफोलियो म्यानेजमेन्ट सेवामा स्वास्थ्यकर्मीहरुले वित्तीय सल्लाह, तोकिएको स्टाफबाट ग्राहकको माग अनुसार साप्ताहिक र मासिक रिपोर्टिङ प्राप्त गर्नेछन् ।
    क्यापिटलको अनुसार फ्रन्टलाइनर पोर्टफोलियो म्यानेजमन्ट सर्भिस न्यूनतम ३ लाख रुपैयाँ लगानी गर्नुपर्ने छ र यसवापत उनीहरुले २५ देखि ३० प्रतिशतसम्मको प्रतिफल पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्