News Portal

  • सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२१ माघ, २०७८
    ७९९ पटक
    २१ माघ, २०७८

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १८ गते मंगलबार अपरान्ह साढे  ४ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँको १५ प्रतिशत अर्थात १६ करोड ८० लाख रुपैयाँको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भए पछि साधारणसभामा पेश गर्न सक्ने छ । साधारणसभाले पारित गरेपछि बल्ल शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।
    कम्पनीले अघिल्लो वर्षको भन्दा लाभांश दर बढाएको छ ।  प्रस्तावित बोनश शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ नाघ्ने छ ।

     

    प्रतिकृया दिनुहोस्