News Portal

  • छिमेक लघुवित्तको नाफा ४९ करोड ८४ लाख

    आर्थीकसंसार संवाददाता२१ माघ, २०७८
    ११६५ पटक
    २१ माघ, २०७८

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँमा नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १९ दशमलव ०१ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ६१ करोड ५४ लाख ९३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    त्यस्तै, संस्थाको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ र जगेडा कोषमा एक अर्ब २८ करोड १७ लाख ३ हजार रुपैयाँ सञ्चित रहेको छ ।
    समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने १३ दशमलव ९१ प्रतिशतले बढेर एक अर्ब १२ करोड ९ लाख ६७ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ९८ करोड ४१ लाख ९ हजार रूपैयाँ रहेको थियो ।
    दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा १९ दशलमव ०२ प्रतिशतले घटेर ७१ करोड १९ लाख ५५ हजार रूपैयाँमा सिमित छ । गत वर्ष संस्थाले ८७ करोड ९२ लाख ७६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
    यस अवधिमा संस्थाको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ८९ पैसा र प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ २६ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्