News Portal

  • नेपाल बैंककाे ब्राण्ड एम्बासडरमा डा. महावीर पुनको निरन्तरता

    आर्थीकसंसार संवाददाता२१ माघ, २०७८
    ९८६ पटक
    २१ माघ, २०७८

    काठमाडौं । नेपाल बैंकले आफ्नो ब्राण्ड एम्बासडमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । बैंकले राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँगको १ वर्षको सम्झौता अवधि सकिएपछि पुनः १ वर्ष अवधि थप गरेका हो ।
    बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र डा। महाविर पुनकाबीच उक्त ब्राण्ड एम्बासडर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
    पुनले नेपाल बैंक जस्तो नेपालको बैकिङ्ग क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बासडरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी भएको बताए ।
    नेपालभरी २१३ शाखाहरु, १४८ वटा एटिएम र ४९ वटा एक्सटेन्सन काउण्टर लगायत करिब २५०० कर्मचारीहरुबाट बैकिङ सेवा प्रदान गरिरहेको नेपाल बैंक आज नेपालको स्वस्थ र सबल बैंकको रुपमा अगाड बढिरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्