News Portal

  • ग्लोबल आइएमई लघुवित्तद्वारा डस्बिन वितरण

    आर्थीकसंसार संवाददाता२१ माघ, २०७८
    ८६२ पटक
    २१ माघ, २०७८

    काठमाडौं । पोखरा महानगरपालिका वडा नं. २६ मा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले शान्तिमार्ग टोल विकास संस्थालाई ३५ वटा डस्बिन वितरण गरेको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले टोल विकास संस्थाका अध्यक्ष डेट प्रसाद पनेरुलाई उक्त डस्बिन हस्तान्तरण गरेका हुन् ।
    वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोष मार्फत वातावरण प्रदुषण नियन्त्रण तथा सरसफाई कायम गरी उदाहरणीय टोल निर्माणको लागि उक्त सहयोग गरेको कुरा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए ।
    सोही अवसरमा अध्यक्ष पनेरुले प्रदुषण रहित वातावरण निर्माणका लागि प्राप्त सामग्रिले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले उक्त सहयोगका लागि वित्तीय संस्थालाई धन्यवाद दिदैँ आगामी दिनमा समेत सहयोगको अपेक्षा राखे ।

    प्रतिकृया दिनुहोस्