News Portal

  • रिलायबल लाईफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०७७
    ९४३ पटक
    १५ भदौ, २०७७

    काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स तेस्रो वर्ष पूरा गरी आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीले दीर्घकालीन समृद्धिमा जोड दिँदै बोनस दरमा केन्द्रित हुने प्रतिबद्धता जनाएको छ ।
    चौथो वर्ष प्रवेश गरेको अवसरमा रिलायबल लाईफ कम्पनीका सीईओ नारायणबाबु लोहनीले भने, ‘हाम्रो अबको लक्ष्य डिजिटल प्रविधिमैत्री अपनाउनु, नेटवर्क बृद्धि गर्दै अघि बढ्नु र दक्ष जनशक्तिमार्फत दीर्घकालीन व्यापार बृद्धि अबको हाम्रो लक्ष्य हुनेछ ।’ सीईओ लोहनीले बोनस दर बृद्धि गराउन भूमिका निर्वाह गर्ने बताएका छन् । लोहनीले लगानी थप व्यवस्थिति गर्दै बोनसदर बृद्धि हुने गरी अघि बढ्ने चौथो वर्ष प्रवेशको अवसरमा कम्पनीको तर्फबाट प्रतिबद्धता व्यक्त गरेका छन् ।
    कम्पनीले चौथो वर्ष प्रवेशको अवसरमा देशैभरि विविध कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत देशका सातवटै प्रदेशका विभिन्न ठाउँहरुमा सहयोगहरु वितरण गरेर बार्षिकोत्सव मनाइएको कम्पनीका सिनियर म्यानेजर शैलेन्द्र श्रेष्ठले बताए । कम्पनीले सहज भएका ठाउँमा कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको जनाइएको छ । त्यस्तै, चौथो वर्ष प्रवेश गरेको अवसरमा काठमाडौं केन्द्रीय कार्यालयले फुड बैंकमा खाद्यान्न सहयोग गरेको कम्पनीले जनाएको छ ।
    २०७४ साल भदौं १५ गतेबाट कारोबार सुरु गरेको रिलायबल लाईफ इन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै बीमा पोलसी जारी गर्दै पहिलो बन्न सफल भएको छ । त्यस्तै मुनाफाको आधारमा पनि रिलायबल नेपाल लाईफ इन्स्योरेन्स निकै अगाडि अर्थात छैटौं स्थानमा छ भने गत वर्ष कम्पनीले एक अर्ब ५७ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले जीवन बीमा कोषमा एक अर्ब १७ करोड संचित गरेको छ । गत आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेपछि आईपिओ जारी गर्ने प्रक्रियामा कम्पनी अघि बढ्ने छ ।

    प्रतिकृया दिनुहोस्