News Portal

  • आइएमई जनरलको बुक क्लोज तय, कहिलेसम्म किन्नेले पाउलान् हकप्रद ?

    आर्थीकसंसार संवाददाता२१ माघ, २०७८
    ९८९ पटक
    २१ माघ, २०७८

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि फागुन एक गते एक दिन बुक क्लोज गर्ने भएको हो । कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि अनुमति पाइसकेको छ ।
    कम्पनीको हकप्रद शेयर माघ २८ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्नेछन् । तर दोस्रो बजार भने माघ २८ गतेसम्म मात्रै खुला हुनेछ । अर्थात माघ २८ गतेसम्म शेयर खरिद गर्नले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।
    माघ २८ गतेसम्म कायम शेयरधनीहरुले प्रति कित्ता १०० रुपैयाँको दरमा १० कित्ता बराबर ४ कित्ताको अनुपातमा शेयर खरिद गर्न पाउने छन् । कम्पनीले हकप्रद मार्फत ४६ करोड ३० लाख ३४ हजार रुपैयाँ उठाउने छ । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६१ करोड रुपैयाँ पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्