News Portal

  • बीमालेखको जानकारी अब रिलायन्स लाइफको मोबाइल एपबाट लिन सकिने

    आर्थीकसंसार संवाददाता२० माघ, २०७८
    ११६६ पटक
    २० माघ, २०७८

    काठमाडौं । बीमालेख सम्बन्धि जानकारी अब मोबाइल एपबाट लिन सकिने भएको छ । सेवाग्राहीलाई मध्यनजर गर्दै रिलायन्स लाइफले उक्त मोबाइल एपको निर्माण गरेको हो ।
    रिलायन्स लाइफले निर्माण गरेको उक्त एपबाट बीमितले नवीकरण बीमा शुल्क भुक्तानी मितिबारे जानकारी लिन सकिन्छ । साथै परिपक्क बीमालेख बारे जानकारी लिन, परिवारजनको बीमालेख लिंक गर्न र व्यतीत बीमालेख बारे यस एपबाट सेवा लिन सकिन्छ ।
    एपकोे पोलेसी होल्डर लगइनमा गई सम्पूर्ण जानकारी लिन सकिन्छ । यो एप भने एप्पल स्टोर गुगल प्लेमा उपलब्ध रहेको रिलायन्स लाइफ इन्सुरेन्सले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्