News Portal

  • चार वर्षमा तीन पटक एमडिआरटी बन्न सफल सिताको सानिमा लाइफले कायापलट गरेको जीवन

    आर्थीकसंसार संवाददाता२० माघ, २०७८
    ९५३ पटक
    २० माघ, २०७८

    काठमाडौं । अभिकर्ता पेशा एउटा पेशा मात्र नभई परिवारको आर्थिक अवस्था मजबुत बनाउने एउटा राम्रो अवसरको रुपमा लिन्छिन् एमडीआरटी सिता सापकोटा । यहि पेशाले उनमा आत्मविश्वास बढाएको छ भने महिलाले पनि कमाउन सक्छिन् भन्ने उदाहरण बनेकी छिन् उनी । थोरै समयमा सफल अभिकर्ता बनेकी सितालाई सानिमा लाईफ इन्स्योरेन्सले वर्षमै सबैभन्दा धेरै बीमा गराउने अभिकर्ताको रुपमा सम्मान समेत गरेको छ ।

    बाग्लुङ घर भएकी सिता चार वर्षअघि शिक्षण पेशामा आवद्ध थिइन् । हाल पनि उनी शिक्षण पेशाबाट टाढाँ भएकी छैनन् । तर शिक्षण पेशालाई भन्दा धेरै महत्व र समय भने अभिकर्ता पेशालाई दिदै आएकी छिन् । मासिक १४/१५ हजार रुपैयाँको कमाईबाट घर धान्न उनलाई धौ–धौ पर्थ्यो । एक छोरा र एक छोरीको लालनपालन अनि पढाई खर्च जुटाउन सिता र उनको श्रीमानलाई हम्मे हम्मे नै पर्थ्यो । परिवारको खर्च त अलग्गै छ । सिताको श्रीमान् सवारी चालक पेशा आवद्ध छन् । सिता पनि एक निजि स्कुलमा शिक्षिकाको रुपमा काम गर्थिन् । जेनतेन गुजारा धान्दै आएकी सिता अभिकर्ता पेशामा लागि परेपछि भने उनको परिवारको आर्थिक अवस्था सुदृढ बनेको छ ।

    चार वर्षअघि उनले आफ्नो छोराको बीमा गराएकी थिइन् । उक्त समयमा उनलाई बीमा पोलेसीको वारेमा सामान्य ज्ञान पनि थिएन । छोराको बीमा पछि उनलाई अभिकर्ता पेशा प्रति चासो बढ्यो । यहि चासो मेट्न उनले अभिकर्ताको तालिम लिइन् ।

    जब उनले अभिकर्ताको तालिम लिइन् त्यस पछि उनलाई शिक्षण पेशा भन्दा अभिकर्ता पेशा नै उपयुक्त लागेको थियो । अभिकर्ता बनेपछि उनले किहिले पनि आर्थिक अभाव व्यहोर्नु परेको छैन । तन मनका साथ यस पेशामा आवद्ध सिता चार वर्षकै अवधिमै एमडीआरटी बन्न सफल भइन् । महिलाले केही गर्न सक्दैन भन्ने समाजलाई अवसर पाए महिलाले धेरै कुरा गर्न सक्छिन् भन्ने कुराको ज्वलन्त उदाहरण बनेकी छिन् सिता ।

    उनले यो सफलता पाउनका लागि भने धेरै मिहिनेत गर्नुपरेको उनी सुनाउँछिन् । धेरै बाधा र समस्याकोबीच पनि उनले आफूलाई सफल बनाएकी छिन् । घर गृहस्थीसँगै शिक्षण पेशालाई समेत निरन्तरता दिँदै उनी बीमितको घर पुग्छिन् । सुरुवाती समयमा निकै कठिन थियो । बीमितले दिएको समय अनुरुप घर–घर पुग्दा परिवारमा केही असहजता पक्कै आएको थियो । किनभने परिवारले उनको कामबारे राम्रोसँग बुझेका थिएनन् । जब उनले एकपछि अर्को गर्दै बीमितको संख्या बढाउदै गइन त्यस पछि उनलाई परिवारले पनि राम्रो साथ दिन थाले ।

    उनको स्वभाव र बानीव्यहोराका कारण पनि आफू सफल अभिकर्ता बनेको उनको भनाई छ । कुनै पनि बीमितको बीमा गराउनुअघि उनी बीमितको हर समस्या सुन्ने गर्छिन् । हरेक कुरामा साथ सपोर्ट गर्न तत्पर हुन्छिन् उनी । बीमितसँग समय लिएर कुराकानी गर्छिन् । बीमा गराइसकेपछि पनि निरन्तर बीमितसँगको सम्पर्कमा रहन्छिन् । बीमितसँगको यस्तै निकटताकै कारण छोटो समयमा उनीले आफूलाई एक सफल अभिकर्ताको रुपमा स्थापित गराएकी छिन् ।

    बीमा अभिकर्ता बन्दै गर्दा उनीमाथि कमिसन खानकै लागि काम गर्न आएकी भन्ने आरोप समेत लागेको उनी सम्झिन्छिन् । तर उनले बीमाबारे सम्झाएपछि भने तीनै व्यक्तिहरु बीमा गर्न अघि बढेको उनी सुनाउँछिन् । सुरुवाती समयदेखि हालसम्म उनले कुनै पनि ठाउँ पुगेर रित्तो हात फर्किनु परेको छैन । उनी जहाँ पुग्छिन् बीमा गराएरै फर्किन्छिन् । कुनै पनि काममा दत्तचित्त भएर लागि पर्ने हो भने अवश्य सफल हुने सिता बताउँछिन् । उनको यहि खटाइले निरन्तर तीन वर्षसम्म उनलाई एमडीआरटी बनाएको छ भने एक वर्ष सानिमा लाइफले सबैभन्दा धेरै बीमा गराउने अभिकर्ताको रुपमा सम्मान गरेको छ ।

    सशक्त अभिकर्ताको रुपमा काम गर्दै गर्दा उनले यो पेशाबाट धेरै कुरा सिकेकी छिन् । उनले गरेको काम र अनुभवमा यो पेशामा लाग्नका लागि अभिकर्ताले आफूमा धेरै कुराको विकास गर्नुपर्ने हुन्छ । अभिकर्ताले आफ्नो बोलिमा मिठासता ल्याउन सकेमा कुनै पनि व्यक्ति धैर्यताका साथ बीमा बारे जानकारी लिन तयार हुन्छन् । नम्र बोलिसँगै बीमित प्रति सहयोगी भावना राख्ने हो भने सजिलै बीमा गराउन सकिन्छ । यसका साथै बीमितले मागेको समयमा भेट गर्ने, उनीहरुको गुनासो सुन्न सक्ने क्षमताको विकास गर्न भने अति आवश्यक रहेको उनको भनाई छ । अभिकर्ताले सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा भनेको आफूले काम गर्ने कम्पनीको बारेमा पूर्ण रुपमा ज्ञान हुन जरुरी छ । बीमितले सोधेको हरेक कुरालाई सजिलै बुझाउन सक्ने गुण हरेक अभिकर्तामा हुनुपर्ने उनको अनुभव छ ।

    उनको अनुभवमा अभिकर्ता पेशा महिलाका लागि एकदमै उपयुक्त पेशा बनेको छ । अझै पनि नेपाली समाजमा महिलालाई चुलोचौकामा सिमित राख्ने चलन छ । जसका कारण आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा समेत पछि पर्ने गरेका छन् । तर अभिकर्ता पेशामा लाग्ने हो भने महिलाहरु आर्थिक रुपमा सबल हुने उनको तर्क छ । दैनिक जीवनको केही समय मात्र छुट्टएर यो पेशामा लाग्ने हो भने महिलाहरुले सजिलै आम्दानी गर्न सक्छन् ।

    यस पेशामा संलग्न भएसँगै आफूमा थप आत्मविश्वास बढेको सिताको भनाई छ । यो पेशाले बोल्न सिकाउनुका साथै निडर बनाएको उनको अनुभव छ ।

    प्रतिकृया दिनुहोस्