काठमाडौं । भोलि शुक्रबार माघ २१ गते देखि जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्काशन गर्दैछ । कम्पनीले एक सय अङ्कित दरका ५ लाख २२ हजार कित्ता साधारण शेयर मध्ये ८ हजार कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको २६ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहने ४ लाख ८७ हजार ९०० कित्ता साधारण शेयर सर्वासाधारणलाई निस्काशन गर्दै छ।
यस आईपीओमा सर्वासाधारण लगानीकर्ताले ४ लाख ८७ हजार ९०० हजार कित्ताका लागि आवेदन दिन छन् । यसको अर्थ दश कित्ता नियम अनुसार ४८ हजार ७९० जना लगानीकर्ताले दश कित्ता शेयर प्राप्त गर्ने छन् । यस अघिको आईपीओको परेको आवेदनहरुलाई आधार लिंदा २२ लाख भन्दा माथिले आवेदन दिने अनुमान गर्न सकिन्छ त्यसैले जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा दश कित्तामा आवेदन दिँदा पनि पुग्ने देखिन्छ ।
आईपीओ माघ २१ गते देखि माघ २५ गते सम्म खुल्ने छ । माघ २५ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि माघ २५ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा फागुन ६ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै न्यून जस्तै छ ।
माघ २१ गतेदेखि जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्काशन गर्दै
आर्थीकसंसार संवाददाता२० माघ, २०७८
२० माघ, २०७८- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता