News Portal

  • लक्ष्मी बैंकले आफ्नो ब्राण्ड फिल्म बनाउनेलाई २० लाखको पुरस्कार दिने

    आर्थीकसंसार संवाददाता२० माघ, २०७८
    ९९२ पटक
    २० माघ, २०७८

    काठमाडौं । लक्ष्मी बैंकले ब्राण्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । आउँदो २०औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले उक्त प्रतियोगिता घोषणा गरेको हो ।
    सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि २० लाखको कन्ट्राक्ट हात पार्नेछन् । यो सबै प्रतियोगी इन्ट्रीहरूलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै निर्णय गरिने बैंकले जनाएको छ ।
    सो प्रतियोगिता लक्ष्मी बैंकको क्राउडसोरिङ्गमा आधारित तेस्रो प्रतियोगिता हो । यसअघि बैंकले २०१८ मा माइ कार्ड अइडियाज र २०२० मा माइ मोबाइल मनि भिडियो कन्टेस्ट गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्