काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । झापा गोलधापका गोविन्द योङहाङ्गको मृत्यु भएपछि उनको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी दिएको हो ।
कम्पनीका उप–क्षेत्रीय प्रबन्धक गुन्जन थापाले स्वर्गीय गोविन्दकी श्रीमती अमृता योङहाङ्गलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेका हुन् ।
स्वर्गीय गोविन्द योङहाङ्गले एजेन्सी मेनेजर निरा राईमार्फत गएको असारमा पाँच लाखको बीमा गरेका थिए । उनले पाँच लाखको बीमा गर्दा पहिलो किस्ताको ४१ हजार रकम मात्र रकम बुझाएका थिए । जसबाट कम्पनीले योङहाङ्गका परिवारलाई १० लाख बीस हजार दाबी रकम उपलब्ध गराएको हो ।
त्यस्तै सोही परिवारले महालक्ष्मी लाइफमा एक लाखको जीवन हेरचाह बीमा गरेका थिए । सोको समेत एक लाख रकम कम्पनीले भुक्तानी दिएको छ । गोविन्दको बीमा गरेको तीन महिनापछि अर्थात असोजमा कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
सन्तानको भविष्यका लागि सो रकमले पढाईमा सहयोग गर्ने भन्दै कम्पनीका उपक्षेत्रीय प्रबन्धक थापाले भविष्यको बारेमा थाहा नभए पनि आजै बीमा गरेर जोखिम बहन गर्न आग्रह गरेका छन् ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी
आर्थीकसंसार संवाददाता१९ माघ, २०७८
१९ माघ, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- सकियो ‘नाडा अटो शो’, ८२ हजार अवलोकनकर्ता