News Portal

  • मनकामना स्मार्ट लघुवित्तको मुनाफा ३५ प्रतिशतले घट्यो

    आर्थीकसंसार संवाददाता१९ माघ, २०७८
    ८०४ पटक
    १९ माघ, २०७८

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्त संस्थाको मुनाफा ३५.५४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा संस्थाले एक करोड तीन लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा संस्थाले एक करोड ९७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
    खुद व्याज आम्दानीमा सामान्य सुधार भएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा संस्थाले यस्तो आम्दानी तीन करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा  तीन करोड ४९ लाख रुपैयाँ थियो ।
    संस्थाको खराब कर्जा बढेर ४.९७ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाशिक अवधिमा ५३ करोड ९१ लाख रुपैयाँ बरोइङ तथा ३६ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
    चुक्ता पूँजी १४ करोड १७ लाख रुपैयाँ रहेको संस्थाको प्रतिशेयर आम्दानी भने १४ रुपैयाँ छ । जगेडा कोषमा २ करोड ८१ लाख रुपैयाँ जम्मा भएको छ ।

    प्रतिकृया दिनुहोस्