News Portal

  • थप पाँच हजार ५८३ जनामा संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७८
    १०१५ पटक
    १८ माघ, २०७८

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच हजार ५८३ जना कोरोना संक्रमित थपिएको छ । सोही अवधिमा कोरोना संक्रमणका कारण थप नौ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दश हजार ७७६ जनामा आरटीपीसीर र ६ हजार ८९८ जनामा एन्टिजेन परिक्षण गरि कुल १७ हजार ६७४ नमुना परिक्षण गरिएको थियो । जसमध्ये पाँच हजार ५८३ जना संक्रमण भेटिएको हो । आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ जना रहेको छ ।
    पछिल्लो समय मृत्यु भएका नौ जना सहित नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ७५२ जना पुगेको छ ।

    प्रतिकृया दिनुहोस्