News Portal

  • इमर्जिङ्ग नेपालले २६ गतेदेखि आईपीओ जारी गर्ने

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७८
    १५३७ पटक
    १८ माघ, २०७८

    काठमाडौं । इमर्जिङ्ग नेपालले आगामी माघ २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।
    जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । र, बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणलाई जारी गरिने छ ।
    यससँगै इच्छुक लगानीकर्ताले माघ २६ गतेदेखि छिटोमा फागुन १ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । उनीहरुले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।
    उक्त आईपीओ जारी गर्न इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको बुझाउँछ । हाल ५० करोड ४० हजार रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओपश्चात ५५ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ ।

    प्रतिकृया दिनुहोस्