News Portal

  • सानिमा लाइफद्वारा २० लाख ७५ हजार मृत्यु दावी भुक्तानी

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७८
    ८२४ पटक
    १८ माघ, २०७८

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको टिकापुर शाखाले मोटर साइकल दुर्घटनामा परी मृत्यु भएका स्वर्गीय बीमित सर्प लाल बूढाको श्रीमती उमा बूढालाई २० लाख ७५ हजार रकम मृत्यु दावी वापत भुक्तानी गरेको छ ।
    निजकै घर लम्की चुहा नगरपालिका तिलकपुरमा गई उक्त रकम हस्तान्तरण गरेको छ । निज मृतक बुढाले २ वर्ष पहिले बिमांक रकम १० लाख रुपैयाँको जीवन बीमा गरएयका थिए ।
    लम्की चुहा नगरपालिकाको मेयर महादेव बजगाईले सो चेक रकम हस्तान्तरण गर्दै जीवन बीमा, स्वास्थ्य बीमा अति आवश्वक भएको बताए ।
    सानिमा लाइफका प्रदेश प्रमुख गणेशप्रसाद उप्रेतीले सानिमा लाइफले मृत्यु दाबी भुक्तानी छिटो, छरितो गर्ने कम्पनीको मुख्य मिसन भएको बताउँदै स्थानीय निकायले पनि बिमा सचेतना कार्यक्रमको लागि केही रकम बिनियोजन गरेर सबै नगरबासीलाई बीमाको दायरामा ल्याउन सहयोग गर्न नगर प्रमुखलाई आग्रह गरे ।
    सो कार्यक्रममा सानिमा लाइफ टिकापुर शाखाका शाखा प्रबन्धक श्रद्धा जोशी, बजार अधिकृत तुलीराम चौधरी र एजेन्सी मेनेजर बिष्णा जोशीलगायत स्थनीयको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्