News Portal

  • गणपति वनस्पतिद्वारा ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान

    आर्थीकसंसार संवाददाता१७ माघ, २०७८
    ९४१ पटक
    १७ माघ, २०७८

    काठमाडौं । गणपति वनस्पति प्राइभेट लिमिटेड काठमाडौंले ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत यो कार्य गरिएको बताएको छ ।
    महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेश राज जोशी लगायतको उपस्थितिमा ट्राफिक प्रहरीहरूलाई चेक जाँच गर्दा सहज हुने ट्राफिक बैरीगेट महाशाखामा आज एक कार्यक्रमकोबीच हस्तानन्तरण गरिएको छ ।
    कार्यक्रममा कम्पनीका संचालक अनन्ता मोर,राजिव मोर र कम्पनीका बजार प्रबन्धक विनोद श्रेष्ठको उपस्थिति थियो ।
    कार्यक्रममा कम्पनीले ट्राफिक प्रहरीलाई बैरीगेट उपल्ब्ध गरेकोमा महाशाखा प्रमुख उमेश राज जोशीले कम्पनीलाई धन्यवाद दिएका छन । यसरी संघसंस्थाहरूको साथ र सहयोगमा ट्राफिक प्रहरीलाई काम गर्न सहज हुने पनि जोशीले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्