News Portal

  • ५ लाख ६० हजारको प्रकाशले बुबाको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता१७ माघ, २०७८,
    १२२२ पटक
    १७ माघ, २०७८,

    काठमाडौं । जन्मदिनको अवसरमा आफना आफ्नतालाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो परिवारको भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको हो ।
    यसैबीच २० बर्षे छोरा प्रकाश सापकोटाले आफनो बुबा हिरालाल सापकोटाको जन्मदिनमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको आजीवन बीमा पोलिसी उपहार दिएका हुन् ।
    उनले आफ्नो बुबालाई ५ लाख ६० हजार रुपैयाँको बीमा पोलिसी उपहार दिएका हुन् । प्रकाशले जन्मदिनमा गरिने खर्चले बीमा गर्दा आर्थिक जोखिम कम हुनुका साथै बचत पनि हुने भएकाले आफनो बुबाको जन्मदिनमा उक्त बीमा पोलिसी उपहार दिएको जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्