News Portal

  • नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको व्याजदर बढायो

    आर्थीकसंसार संवाददाता१६ माघ, २०७८
    ७७० पटक
    १६ माघ, २०७८

    काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको व्याजदर बढाएको छ । हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० को तेस्रो संशोधन मार्फत राष्ट्र बैंकले व्याज बढाएको हो ।
    कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा ४ प्रतिशत भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत ब्याजदर अन्तर कायम गर्नुपर्ने व्यवस्था गरेको छ । अब औषत ब्याज दर १० प्रतिशत कायम भए त्यसमा अर्को ४ प्रतिशत थपेर १४ प्रतिशतसम्म मात्र लिन पाउने छन् ।
    यसअघि यस्तो प्रकृतिको कर्जामा ३ प्रतिशतभन्दा बढी नहुने गरी मार्जिन कायम गर्नु पर्ने व्यवस्था थियो । धितो मूल्यांकनको ८० प्रतिशतसम्म ऋण दिन पाइने छ राष्ट्र बैंकले व्यवस्था गरेको छ ।
    यस्तै, राष्ट्र बैंकले तेस्रो संशोधनमार्फत कम्पनीले एउटै ग्राहक, फर्म, कम्पनी वा समुहलाई प्रदान गर्न सक्ने कर्जाको सीमा अघिल्लो त्रयमासको खुद सम्पत्ति (नेटवर्थ) को बढीमा ३० प्रतिशतसम्म कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीको चुक्ता पुँजी ३० करोड हुनु पर्ने व्यवस्थालाई निरन्तरता दिएको छ ।

    प्रतिकृया दिनुहोस्