News Portal

  • ग्लोबल आइएमई समुन्नत योजना एकद्वारा प्रतिफल घोषणा

    आर्थिकसंसार संवाददाता१५ भदौ, २०७७
    १२१८ पटक
    १५ भदौ, २०७७

    काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ ले ४ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको भदौ १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि उक्त प्रतिफल दिने निर्णय गरेको हो । यो प्रतिफल प्रयोजनका लागि बुक क्लोज मिति भने योजनाले पछि सार्वजनिक गर्ने जानकारी दिएको छ । यस योजना सञ्चालनका लागि १० करोड रूपैयाँ बराबरको इकाई विक्री गरेको थियो । साउन मसान्तसम्म यस योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य १० रूपैयाँ ६४ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्