काठमाडौं । एनआईसी एशिया लघुवित्तले माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट गर्ने संस्थामा आबद्ध आफ्ना सेवाग्राही सदस्यका छोराछोरीलाई देशव्यापी रुपमै पुरस्कृत गरेको छ । संस्थाले २०७७ सालको माध्यमिक शिक्षा परीक्षामा सहभागी भई उत्तीर्ण गरेका सदस्यका छोराछोरीको देशव्यापी विवरण संकलन गरेर न्यून्तम ३ जीपिए वा सोभन्दा बढी ल्याउने सेवाग्राही सदस्यका छोराछोरीलाई पुरस्कृत गरेको हो ।
संस्थाले पुरस्कार वितरणका लागि आन्तरिक मापदण्ड बनाई २८५ वटै शाखा कार्यालयहरुबाट विवरण संकलन गरेको थियो । त्यसको आधारमा शाखागत रुपमा बढी जीपीए ल्याई प्रथम, द्वितीय र तृतीय हुनेलाई र संकलित विवरणकै अधारमा देशव्यापी रुपमा पुनः प्रथम, द्वितीय र तृतीय हुनेलाई थप पुरस्कार रकम वितरण गरेको जनाएको छ ।
शाखा कार्यालय गोकुलेशवर, डडेल्धुराकी सेवाग्राही सदस्य मानमति वोडको छोरा सन्तोष वोडले संस्थालाई विभिन्न शाखा कार्यालयहरुबाट प्राप्त विवरणको आधारमा देशव्यापी ३.७५ जीपीए ल्याई प्रथम भएकोले प्रथम पुरस्कार स्वरुप नगद १७ हजार ५०० वितरण गरेको हो ।
त्यस्तै संस्थाले डडेल्धुराकै शाखा कार्यालयहरु भद्रपुरज्यामेरु, बैतडीको पाटन र मारोङ्गको इटहरामा पनि शाखागत उत्कृष्ट ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।
एनआईसी एशियाद्वारा एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान
आर्थीकसंसार संवाददाता१६ माघ, २०७८
१६ माघ, २०७८- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम