बाँके । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको बैजनाथपुर गाउँपालिका ८ स्थित चाँदनी चोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई एउटै छानामुनी सबै किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उदेश्यले यो मार्ट सञ्चालनमा ल्याइएको हो ।
शनिवार एक कार्यक्रमकावीच नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चक्रबहादुर अधिकारीले मार्टको शुभारम्भ गरे । यो सहकारीले सञ्चालनमा ल्याएको गार्डेन मार्टको १६ औं शाखा हो । मार्टको शुभारम्भ गर्दै केन्द्रिय सदस्य अधिकारीले यस्ता मार्टले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र नागरिकहरुलाई एउटै थलोमा आवश्यक खाद्यन्न, लत्ताकपडा लगायतका सामग्रि किनमेल गर्ने अवसर मिल्ने बताए ।
यस अगाडि नै सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको किर्तिपुर, उदयपुरको लाहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौडा, बुटबलको जोगिकुटी, नेपालगञ्जको न्यूरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगाढी, डडेलधुरा, दाङ्गको घोराहीमा गार्डेन मार्टको शाखा सञ्चालनमा ल्याइसकेको छ ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत लिलानाथ गौतमका अनुसार यो मार्टमा दैनिक उपभोग्यबस्तु, चामल, चिनि, दाल लगायत सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरु उपलब्ध छन् । यसका अलवा महिलाहरुका लागि श्रृंगारका सामग्रिहरु, फ्रिज, बासिङ्ग मेसिन, आइरन, गिजर लगायतका विद्युतीय उपकरणहरु मार्टमा उपलब्ध छन् । मार्ट शुभारम्भको अवसरमा यी सामग्रिहरुको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुट समेत पाउने बताइएको छ ।
बाँकेको बैजनाथ गाउँपालिकाको रहेको चाँदनी चोक पछिल्ला केहि वर्षयता व्यवसायीक केन्द्रका रुपमा विकास भइरहको छ । त्यसैले पनि यो शहकारीले यहाँ गार्डेन मार्ट सहित आफनो सदस्य सेवा काउन्ट समेत विस्तार गरेको छ ।
गार्डेन मार्टको नयाँ शाखा बाँकेको चादनीचोकमा सञ्चालनमा
आर्थीकसंसार संवाददाता१५ माघ, २०७८
१५ माघ, २०७८- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट