News Portal

  • नाडेप लघुवित्तको लाभांश पारित सहित एजिएम सम्पन्न

    आर्थीकसंसार संवाददाता१४ माघ, २०७८
    ६९० पटक
    १४ माघ, २०७८

    काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा धादिङको नौबिसे एग्रो रिसोर्टमा भर्चुअल माध्यमबाट सम्पन्न भएको कम्पनीले जनाएको छ ।
    कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत १ दशमलव ०५३ प्रतिशत नगद लाभांश गरि कुल २१ दशमलव ०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेको छ ।
    कम्पनीले संस्थापक समूहबाट चार जना सञ्चालकहरुमा पिताम्बर प्रसाद आचार्य, वेद प्रसाद सिवाकोटी, हरिकृष्ण सुवेदी र निरज कुमार बस्नेत डनिल निर्विरोध निर्वाचित भएका छन् ।
    सभाले गत आथिृक वर्षको नाफा नोक्सान, हिसाव नगद लगायतका विधि प्रस्ताव पारित गरेको छ । साथै, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने सम्झौता बदर भएकाले उक्त निर्णयलाई अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।

    प्रतिकृया दिनुहोस्