News Portal

  • अजोड इन्स्योरेन्सले डाक्यो साधारण सभा

    आर्थीकसंसार संवाददाता१४ माघ, २०७८
    ८७७ पटक
    १४ माघ, २०७८

    काठमाडौं । अजोड इन्स्योरेन्सले आगामी फागुन ६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा भर्चुअल माध्यमबाट आफ्नो चौथो वार्षिक साधारण सभा गर्न लागेको हो ।
    उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले माघ २४ गते एकदिन बुक क्लोज गर्दै छ । यससँगै माघ २३ गतसम्म कायम सेययरधनीहरु उक्त सभामा भाग लिन योग्य मानिनेछन् ।
    इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को साधारण सभा डाकेको हो । उक्त सभामा इन्स्योरेन्सले लाभांश तथा हकप्रदलगायतको कुनै पनि प्रस्ताव लगेको छैन । यससँगै योपालि इन्स्योरेन्सका सेयरधनीको हात खाली हुने देखिन्छ ।
    सभाले आर्थिक वर्ष २०७७/७८ को चौथो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्दै छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको विभिन्न वित्तीय विवरण पनि पारित गर्ने छ । र, चालु आर्थिक वर्ष २०७८/७९ को लागि वर्तमान लेखापरीक्षकलाई नै पुनः नियक्ति दिने इन्स्योरेन्सले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्