News Portal

  • डलरमा खाता खोल्नेलाई नेपाल बैंकले आकर्षक व्याज दिने

    आर्थीकसंसार संवाददाता१३ माघ, २०७८
    ७२७ पटक
    १३ माघ, २०७८

    काठमाडौं । नेपाल बैंकले डलरमा खाता खोल्नेलाई आकर्षक व्याजदर दिने भएको छ । बैंकले अमेरिकी डलर, पाउण्ड स्टर्लिङ्ग र अष्ट्रेलियन डलरमा बचत तथा मद्दती खाता खोल्दा उच्चतम व्याज दिने भएको हो ।
    बैंकले अमेरिकी डलरमा बचत तथा मद्दती खाता खोल्दा वार्षिक व्याजदर क्रमश ४.५ प्रतिशत र ५ प्रतिशत दिने बताएको छ । साथै, अन्य विदेशी मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
    बैंकले गैर-आवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सविधाहरु सहितका एनआरएन निक्षेप खाताहरु संचालनमा ल्याएको हो । यससँगै विदेशमा बस्ने गैर-आवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मद्दती खाता खोल्न सक्नेछन् ।
    बचत तथा मुद्दती खाता दुबैमा न्युनतम मौज्दात अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य विदेशी मुद्रा हुनुपर्ने बैंकले जनाएको छ । एनआरएन खाता गैर-आवासीय नेपालीहरुले एकल तथा संयक्तरुपमा तथा गैर आवासीय नेपालीबाट प्रबर्द्धित विदेशस्थित संस्थाको नाममा पनि खोल्न सकिनेछ ।
    त्यस्तै, यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर-आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ । साथै, बैकिङ्ग प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिनेछ भने मुद्दती खाता कम्तिमा १ वर्ष वा सो भन्दा बढि अवधिको लागि खोल्न सकिन बैंकले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्