News Portal

  • नेशनल लाइफको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता१३ माघ, २०७८
    ६६१ पटक
    १३ माघ, २०७८

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १२ गते साझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १९ प्रतिशत बोनश शेयर र र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित एक प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
    कम्पनीको हालको चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनश शेयर ६४ करोड ४२ लाख रुपैयाँ वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्ने छ । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्ने छ । साधारणसभाले उक्त लाभांश पारित गरेपछि बल्ल शेयरधनीहरुले पाउने छन् ।

    प्रतिकृया दिनुहोस्