News Portal

  • जानकी फाइनान्सको नाफा ३ करोड ५५ लाख

    आर्थीकसंसार संवाददाता१३ माघ, २०७८
    ८०४ पटक
    १३ माघ, २०७८

    काठमाडौं । जानकी फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको ६ महीनामा ३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनी गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ३० लाख रुपैयाँ नोक्सानीमा रहेको थियो ।
    गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ४५ लाख ऋणात्मक रहेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा ४ करोड २७ लाख ५१ हजार धनात्मक भएको छ ।
    चुक्ता पूँजीको ६० करोड ४ लाख रहेको कम्पनीले जगेडामा २० करोड ५४ लाख रुपैयाँ र रिटेण्ड अर्निङमा १३ करोड ५० लाख रुपैयाँ सञ्चित गरेको हो ।
    कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा , मूल्य आम्दानी अनुपात ६० गुणा, तरलता अनुपात ३१ दशमलव ८५ प्रतिशत र प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्