News Portal

  • ज्योति लाइफले लाभांश पारित गर्न बोलायो साधारण सभा

    आर्थीकसंसार संवाददाता१३ माघ, २०७८
    ९०३ पटक
    १३ माघ, २०७८

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आगामी फागुन ६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले उक्त दिन बिहान ११ बजे कास्कीको पोखरास्थित वाटरफ्रन्ट रिसोेर्टमा आफ्नो चौथो वार्षिक साधारण सभा बोलाएको हो ।
    सभाले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । १० प्रतिशत बोनस सेयर पारित पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्ने छ ।
    साथै, सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदनसहित सञ्चालकमा ६ (संस्थापकबाट ४ र सर्वसाधारणबाट २) जनालाई चयन गर्दै छ ।
    त्यसैगरी, सभाले आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले कोभिड–१९ पीडितको उपचारको लागि सहयोग स्वरुप नेपाल सरकारलाई प्रदान गरेको ७ लाख ५० हजार रुपैयाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्ने विशेष प्रस्ताव गरेको छ ।
    उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले माघ २४ गते बुक क्लोज गर्दै छ । यससँगै माघ २३ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

    प्रतिकृया दिनुहोस्