News Portal

  • सिटिजन्स बैंकले ग्राहकलाई दियो लघुवित्त परियोजनाको बीमाअन्तर्गत ८ लाख ९७ हजार सहयोग

    आर्थीकसंसार संवाददाता१२ माघ, २०७८
    ७४५ पटक
    १२ माघ, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनका लघुवित्त परियोजनाअन्तर्गत एक ग्राहकलाई ८ लाख ९७ हजार सहयोग गरेको छ । बैंकले शाखा कार्यालय भैरहवाका ग्राहक गिता गुरुङको मृत्यु भएकामा निज मृतकका श्रीमान रविन्द्रकुमार थापालाई उक्त रकम हस्तानतर्ण गरेको हो ।
    उक्त सहयोग रकम सिटिजन्स बैंकका भैरहवा शाखाकाका शाखा प्रमुख तथा अन्य कर्मचारीहरुको रोहवरमा लघुवित्त इकाईका इन्चार्ज प्रवेश अर्यालले माघ १२ गते हस्तान्तरण गरेका छन् ।
    लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजक्रिया खर्चसहित बैंकले बीमा कम्पनीमा रकम दावी गरी सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो ।
    सिटिजन्स बैंक इन्टरनेशनलले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाई मार्फत करिब १४ हजार विपन्न महिलाहरु लाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका लघुवित्त इकाईका इन्चार्ज प्रवेश अर्यालले बताए ।

    प्रतिकृया दिनुहोस्