
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, बागलुङ नगरपालिका—२, को निष्काशन गर्नुपर्नेे ३,००,००० कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा मिति २०७८ माघ १२ गते द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरको छ ।
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्र प्राप्त गरी मिति २०७५/११/०१ देखि वित्तीय कारोबार गर्दै आईरहेको यस वित्तीय संस्थाले वि.सं. २०७८ पुष मसान्तसम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरुमार्फत कुल १९१ जना कर्मचारी परिचालन गरी ३४,४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । सोही अवधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानीतर्फ रु. १ अर्ब ४४ करोड, निक्षेप संकलन तर्फ रु. ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी रु.६१ करोड ८० लाख रहेको छ ।
हाल चुक्ता पुँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भए पश्चात् रु. १० करोड चुक्ता पुजि कायम हुनेछ । हाल जगेडा तथा कोषहरुतर्फ कुल रु.१० करोड ३८ लाख रहेको छ । आर्थिक बर्ष २०७७.०७८ को आषाढ मसान्तसम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा रु.२ करोड ६० लाख रहेकोमा पुष मसान्त सम्मा आईपुग्दा उक्त वितरण योग्य मुनाफा रु.४ करोड ९ लाख पुगेको छ । आर्थिक बर्ष २०७७/७८ को मसान्तमा प्रतिशेयर आम्दानी रु. ५०.१२ भन्दा बढी कायम गरेकोमा पुष मसान्त सम्ममा आईपुग्दा रु. ६१.४५ प्रतिशेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले जानकारी गराउनु भएको छ ।