News Portal

  • नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० मात्रै

    आर्थीकसंसार संवाददाता१२ माघ, २०७८
    ९९२ पटक
    १२ माघ, २०७८

    काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो ।


    जसमा पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । यो १० प्रतिशतभन्दा बढी हो ।
    जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कार्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो । परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको संख्या आज सार्वजनिक गरिएको हो । नेपालमा प्रत्येक १०–१० वर्षमा जनगणना हुँदै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्