काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको तिनचुली शाखाले एक विशेष कार्यक्रमका बीच स्पोट स्पेशल क्लवको आयोजनामा काठमाडौं महानगरपालिका–६ तिनचुली–आरुबारी सडक खण्डमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले यस कार्यक्रमको आयोजना गरेको हो ।
उपत्यकाको खाली ठाउँहरुमा वृक्षारोपणका साथै वोटविरुवाको संरक्षण गर्नाले प्राकृतिक सन्तुलन तथा शहरी सुन्दरता पनि बढ्ने बताउँदै महालक्ष्मी विकास बैंकले प्रकृति संरक्षणका कार्यहरु गरिरहेकोमा गोकर्णेश्वर नगरपालिका–९ का वडा अध्यक्ष राजिव थापाले धन्यवाद दिए । सोही कार्यक्रममा बोल्दै तिनचुली शाखाका शाखा प्रबन्धक शेखर श्रेष्ठले वृक्षारोपण कार्यक्रम सफल पार्न स्थानीय निकायले गरेको सहयोगको सराहना गर्दै आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु बैंकले अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने बताए ।
महालक्ष्मी विकास बैंकद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता११ माघ, २०७८
११ माघ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- १८औँ वार्षिकोत्सवमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम गर्दै ग्लोबल आइएमई बैंक
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन