News Portal

  • महालक्ष्मी विकास बैंकले विद्यालयलाई दियो स्यानिटरी भेन्डिङ मेसिन

    आर्थीकसंसार संवाददाता१० माघ, २०७८
    ९९१ पटक
    १० माघ, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकले बुद्धनगर आधारभूत विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन सहयोग गरेको छ ।
    बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’मार्फत उक्त सहयोग गरेको हो ।
    उक्त विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकुन् र विभिन्न रोगहरुबाट बच्न स्यानिटरी प्याडको प्रयोग गर्न सहजता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको शखमुल शाखाका शाखा प्रबन्धक पुन्य श्रेष्ठले बताए । यस बैंकले कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्