काठमाडौं । बिसौं वर्षको आफ्नो अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरू भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रा.लिले एक पृथक र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप सञ्चालनमा ल्याएको छ । जसले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ ।
नर्सरीदेखि ११ कक्षासम्मका विद्यार्थीहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास इक्लास’ पाठ्यक्रममा आधारित पाठहरूको एनिमेटेड भिडियो, पावर पोईन्ट प्रिजिन्टेसन, क्वीज तथा गेम र नोट परिमार्जित रूपमा उपलब्ध गराइएको छ ।
विद्यार्थीहरुले मिदास इक्लासमा भएका भिडियोहरु आफूलाई मन लागेको बेला मुभि हेरेजस्तै रमाइरमाइ हेर्दै गाह्रोभन्दा गाह्रा पाठहरु सजिलोसँग बुझ्न सक्छन् ।
यसमा भएका क्वीज तथा गेमहरू विद्यार्थीहरुले भिडियो गेम खेले जसरी खेल्दै आफ्नो पाठ सिक्न सक्छन् । यसरी गेम खेल्दा सही जवाफ दिए बापत पोईन्ट र उपहारहरू पनि पाउँछन्, जसले विद्यार्थीहरुहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्छ ।
विद्यार्थीहरुले पढ्दा केही जानेनन् भने वा होमवर्क गर्दा उत्तर लेख्न आएन भने वा उनीहरूको केही जिज्ञासा भएमा, उनीहरुले जतिबेला पनि मिडस् एक्लस्स्बाट शिक्षकहरूसँग भिडियोमा कुरा वा च्याट गर्दै सिक्न पाउँछन् । विद्यार्थीहरुलाई सिकाउन देशभरका सयौँ दक्ष शिक्षकहरू हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म भिडियोमो उपलब्ध हुनुहुन्छ । यसरी शिक्षकहरू हरेक पल साथमा हुँदा विद्यार्थीहरूलाई पढेको नबुझिएला, होमेवोर्क गर्न नजानिएला वा परीक्षाको तयारी कसरी गर्ने होला भन्ने डर हुँदैन ।
विद्यार्थीहरुलाई परीक्षा निर्धक्क भएर दिन सक्ने बनाउन ‘मिदास इक्लास’ मा स्वमूल्याङ्कन (Self-Assessment), मक इक्ज्याम (Mock Exam) र परिक्षा तयारी कक्षाहरूको ब्यवस्था गरिएको छ ।
विद्यार्थीहरुको प्रतिभा उजागर गर्न र उनीहरूलाई अतिरिक्त पाठ्यक्रम गतिविधिहरू (Extra Curricular Activities) गराउन ‘मिदास इक्लास’ मा आर्ट, भोकल, भोइलिन्, हारमुनियम, डान्स, ह्याण्डराइटिङ्ग, चेस क्लास आदि पनि संचालन् गरिन्छ ।
विद्यार्थीहरुमा आत्मविश्वास बढाउन र उनीहरूलाई प्रतिस्पर्धी बनाउन बिभिन्न बिद्याहरू जस्तै साइन्स, म्याथ्स, भाषा, आर्ट, ह्याण्डराइटिङ्ग, लिक्टेचर आदिमा नियमित रूपमा प्रतियोगिता गराइन्छ/पुरस्कृत गरिन्छ ।
अहिले कोभिडको कारणले घरमा बसेका विद्यार्थीहरुलाई ‘मिदास इक्लास’ ले पाठ्यक्रममा आधारित् विषयहरू पढ्न र अतिरिक्त कृयाकलापहरू गर्न झनै सजिलो बनाएको छ ।
मिदास एजुकेसन् प्रा.लिले ‘मिदास इक्लास’ का सेवाहरू विद्यार्थीले आफुलाई रजिस्टर गरेको पहिलो १५ दिनको लागि निशुल्क उपलब्ध गराएको छ ।
यो सेवा कसरी लिने ?
१) Google Play Store मा गएर MiDas eCLASS खोजेर डाउनलोड गर्ने वा यो Link मा गएर डाउनलोड गर्ने https://play.google.com/store/apps/details?id=com.midas.eclassnew
२) आफुले चहाएको कक्षा छानेर MiDas eCLASS मा Signup गर्ने । Signup गर्ने तरिका थाहा पाउन यो Link मा जाने https://youtu.be/qab6McMMTwg
३) iDas eCLASS मा गएर आफुले चहाएको विषय आफै वा शिक्षकसंग पढ्न पाउनुहुन्छ ।
४) iDas eCLASS प्रयोग गर्न मद्दत आवश्यक भएमा सो एपमा भएको Support Icon मा थिचेर Zoom, WhatsApp, Viber, Phone वा Chat मार्फत् हामीलाई बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म सम्पर्क गर्न सक्नुहुन्छ ।
मिदास एजुकेसनले विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ मोबाइल र वेव एप सञ्चालनमा ल्यायो
आर्थीकसंसार संवाददाता१० माघ, २०७८
१० माघ, २०७८- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता