News Portal

  • गरिमा विकास बैंकको नाफा २५%ले बढ्यो

    आर्थीकसंसार संवाददाता९ माघ, २०७८
    ८३८ पटक
    ९ माघ, २०७८

    काठमाडौं । गरिमा विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २५ प्रतिशतले नाफा वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३९ करोड ३५ लाख नाफा कमाएकोमा चालू आर्थिकको सोही अवधिमा वृद्धि भएर ४९ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ ।
    गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३९ प्रतिशत र सञ्चालन नाफा २५ प्रतिशत वृद्धि भएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बढेकाले कम्पनीको नाफा बृद्धिमा सहयोग भएको हो ।
    ३ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीकोजगेडा कोषमा अर्ब १२ करोड ७६ लाखरुपैयाँ संचिती रहेको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्मम ६५ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरेर ५८ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
    यस अवधिसम्ममा प्रतिशेयर आम्दानी २४ रुपैयाँ ९७ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात २४.१३ गुणा, तरलता अनुपात २१.४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ १४ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्