News Portal

  • नेपाल लाइफको बीमाशुल्क भुक्तानीमा एक हजारसम्म छुट

    आर्थीकसंसार संवाददाता७ माघ, २०७८
    ४८९ पटक
    ७ माघ, २०७८

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नविकरण बीमाशुल्क विद्युतीय माध्यमबाट भुक्तानी गर्न बीमितहरुलाई प्रेरित गरिरहेको छ ।
    कोरोना महामारीको कारण सकेसम्म कार्यालयमा उपस्थित नै नभई बीमितले सहजरुपमा नविकरण बीमाशुल्क भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यले विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गरेको हो ।
    बीमितले बीमाशुल्क भुक्तानी मितिभन्दा सात दिन अघिदेखि सात दिनपछि सम्मको अवधिभित्र विद्युतीय माध्यमबाट भुक्तानी गरेको अवस्थामा एक हजार रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने नेपाल लाइफले जानकारी दिएको छ । उदाहरणका लागि कुनै बीमालेखको बीमाशुल्क फागुन १ गते भुक्तानी गर्नुपर्ने छ भने माघ महिनाको २४ गतेदेखि फागुन महिनाको ७ गतेभित्र भुक्तानी गरेको अवस्थामा यस्तो नगद फिर्ता उपलब्ध हुनेछ ।
    यो सुविधा हाल ईसेवा, खल्ती, प्रभु पे र आइएमई पे डिजिटल वालेटमार्फत गरिने नविकरण बीमाशुल्क भुक्तानीमा उपलब्ध छ ।

    प्रतिकृया दिनुहोस्