News Portal

  • नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने

    आर्थीकसंसार संवाददाता३ माघ, २०७८
    ७९६ पटक
    ३ माघ, २०७८

    काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । माघ ३ गते बिहान बसेको कम्पनी सञ्चालक समितिले उक्त प्रस्ताव गरेको हो ।
    इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

    प्रतिकृया दिनुहोस्