News Portal

  • कृषि विकास बैंकमा चेक बिना नै खाताम रकम भुक्तानी गर्न सकिने

    आर्थीकसंसार संवाददाता३ माघ, २०७८
    ९२८ पटक
    ३ माघ, २०७८

    काठमाडौं । कृषि विकास बैंकले ५५औं वार्षिकोत्सवको उपलक्ष्यमा क्युआर टेलरको सुरुवात गरेको छ ।
    बैंकको प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकको कर्पोरेट बैंकिङ कार्यालय, रामशाहपथमा क्युआर टेलरबाट कारोबार गरी यो सेवाको सुरुवात गरेका हुन् ।
    योसँगैं बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकहरुले चेक बिना नै सहज तथा सुरक्षित रुपमा क्युआर टेलरबाट क्युआर स्क्यान गरी आफ्नो खाताको रकम भुक्तानी लिन सक्नेछन् ।
    बैंकले वित्त बजारका अन्य बैंक तथा वित्तीय संस्थाहरुसँंग प्रतिस्पर्धा गर्न परम्परागत बैंकिङ गतिविधिका अतिरिक्त ग्राहकहरुको आवश्यकताअनुसारको अत्याधुनिक बैंकिङ सेवाहरु सञ्चालन गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्