News Portal

  • कोभिड–१९ को महामारीमा जोखिम न्यूनीकरणको लागि अनलाईन व्यापारलाई प्रोत्साहन गरौ

    आर्थिकसंसार संवाददाता१४ भदौ २०७७
    ६९६ पटक
    १४ भदौ २०७७

    काठमाडौं । हाल विश्व कोभिड–१९ को महामारीले आक्रान्त छ । यस परिप्रेक्षमा जनताको आवश्यकताहरु पुरा गर्न सरकारको लागि कम चुनौतीपूर्ण छैन । केही युवा उद्यमीहरुले आफ्नो आधुनिक ज्ञान र सीपलाई सदुपयोग गर्दै सानो पुँजीबाट उद्यमशिलताको विकास गरी रहेका छन् । यसले रोजगार, स्वरोजगार सँगै नेपाली श्रम वाहिरी खेर जान रोक्नको लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा बन्ने प्रायः निश्चित छ । अहिलेको संक्रमणको स्थितिमा एकै स्थानमा धेरै जना जम्मा भएर किनमेल गर्दा जोखिम बड्ने सम्भावनालाई मध्यनजर गर्दै विद्युतीय माध्यमद्वारा घरबाटै खरीद गर्दा जोखिम न्यूनीकरण हुने अनलाईन व्यापारमार्फत धेरै युवा संलग्न छन् । यस्तो प्रकारको व्यापार महामारी नियन्त्रण, रोकथाम गर्न प्रभावकारी शीद्ध भएको छ । नेपालका युवा अन्य देशका युवा जत्तिकै परिश्रमी र प्रतिभावान छन् भन्ने कुरामा दुई मत नहोला । यस्ता कुराहरुलाई आत्मसाथ गर्दै सरकारले अनलाइन व्यापारमा संलग्न युवाहरुलाई प्रोत्साहन गर्नु आजको टड्कारो आवश्यकता भएको छ ।
    सरकारको विद्यमान नीति, नियम र स्पष्ट मार्गचित्र अनलाईन व्यापारको लागि वर्तमान आवस्थामा छिटोभन्दा छिटो नियम कानुनको निर्माण गरी युवा उद्यमीहरुलाई उनीहरुले गरेको उल्लेखनीय कार्यमा सहयोग र आवश्यक समर्थन गर्नुपर्छ । जसले यस्ता प्रकारका व्यापार गर्न उसले सुरक्षाका सम्पूर्ण उपायहरुको पालना गर्नुपर्छ ताकी कोभिड–१९ को महामारीबाट बच्न सकियोस् ।
    अतः सरकारले अनलाईन व्यापारलाई हौसला प्रदान गर्न र उक्त व्यवसायमा संलग्न सबैको पीर, मर्कालाई मनन गरी उनीहरुमा भएको जोश, जाँगर र आत्मविश्वासलाई सम्मान गर्नु अपरिहार्य हुन आएको कुरा नेप्लीज योङ्ग इन्टरप्रिनर्स फोरमले एक प्रेस विज्ञप्तीमार्फत उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस्